Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

नेपाली भाषामा जापानी फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2015/01/11
दुई देशको संस्कृतिलाई अगाडि बढाउने उद्देश्यले जापानीज भाषाको चर्चित फिल्म 'हिमावारी'लाई नेपाली भाषामा डबिङ गरेर नेपालमा रिलिज गरिने भएको छ । 'सुर्यमुखी फूल' नाम दिएर यो फिल्म नेपाली भाषामा रिलिज गर्न लागिएको हो ।
 
 
योशिहिरो ओइकाले निर्देशन गरेको फिल्मले अमेरिका र जापानको युद्धको कथा भन्नेछ । सादातोशी ओशिहिरो, कोदा यमादा, योशिका गिनोजाको लेखन रहेको फिल्ममा योजो नगतसुका, केन्टा सुगा, रेना नौनिन, सकि फुकुदाको अभिनय छ ।
 
जनवरी २६ देखि प्रदर्शनमा आउन लागेको २ घण्टाको यो फिल्म जापानमा रिलिज गरेपश्चात नेपालमा रिलिज गरिने छ । जापानमा नेपालीहरूको जनसंख्या बाक्लो रहेकाले पनि नेपाली भाषामा रिलिज गर्न लागिएको हो ।  एनआरएन अनोज शाक्यले यो फिल्मको रिलिज व्यवस्थापन गरेका हुन् ।
Most Visited News (monthly)