Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघीमा `इच्छा` | सेन्सरले दियो `यू`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/12
माघ २ गतेबाट देशभर एकसाथ रिलिज हुने भनिएको फिल्म 'इच्छा' काठमाण्डौ उपत्यका बाहिर भने माघ १ गते नै लाग्ने भएको छ । माघे संक्रान्तिमा दर्शकको भिड हुने भएकाले सिङ्गल स्क्रिन लक्षित 'इच्छा'ले त्यो दाऊ छोपेको हो ।  
 
निर्देशक मुनाल घिमिरेका अनुसार माघे संक्रान्तिमा दर्शकको चापले फिल्मको सफलताको बाटो कोर्नेछ । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको यो फिल्ममा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको छ ।  
 
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्ममा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाहिको मुख्य अभिनय रहेको छ । प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी छ ।
 
 
निर्देशक मुनाल घिमिरेको अर्न्तवार्ता हेर्नुहोस्  ।
 

Most Visited News (monthly)