Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपडेट : शाहरूख खान भोली मात्र आउने

फिल्मीखबर, काठमाण्डौ, 2015/03/08
बलिउड स्टार अभिनेता शाहरुख खान आज नेपाल आउने कार्यक्रम रद्द भएको छ । त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको ट्राफिक जामको कारण देखाउँदै शाहरूख भोली मात्र नेपाल आउने आयोजक कम्पनी कान्साई नेरोल्याक पेन्ट्सका कन्ट्री म्यानेजर सत्यप्रकाशले जानकारी दिए ।
 
 
त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा भएको टर्किस एयरलाईन्सको दुर्घटनाका कारण हाल ट्राफिक जाम भएकाले शाहरुखको आज नेपाल आउने कार्यक्रम रोकिएको हो ।
 
कान्साई नेरोल्याक पेन्ट्सका ब्राण्ड एम्बास्डर खान सोही ब्राण्डको प्रवर्द्धनका लागि नेपाल आउन लागेका हुन् । शाहरुख भोलीका दिन आजकै समयमा काठमाडौ ओर्लने छन् । उनी हिजै काठमाण्डौं आउने कार्यक्रम थियो । 
 
आयोजक संस्थाका अनुसार शाहरूख सोमबार ३ बजे निजी विमानमा नेपाल ल्याण्ड गर्नेछन् । शाहरुखको सुरक्षाका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको छ । उनी हायात होटलमा आयोजना हुने एक बिशेष कार्यक्रममा सहभागी हुने छन् ।
 
कार्यक्रममा अभिनेत्री प्रियंका कार्की र बिग आईकनका पाँचौ संस्करणका विजेता कुन्साङ गुरुङको प्रस्तुति रहने भनि प्रचार गरिएको छ ।  

 

Most Visited News (monthly)