मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीवन र नीताको `भूलभुलैया`लाई `यू`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/06
अभिनेता जीवन लुईटेल र अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म 'भूलभुलैया'लाई चलचित्र जाँच समितिले सबै बर्गका दर्शकले हेर्न पाउने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । 
 
 
शुक्रबार साँझ फिल्म हेरेपश्चात बिना कैंची फिल्म पास भएको र 'यू' सर्टिफिकेट पाएको निर्देशक योगेश घिमिरेले जानकारी दिए । उनले बोर्डका सदस्यले फिल्म रूचाएको समेत बताए ।
 
आगामी चैत्र १३ गतेबाट नेपालमा रिलिज हुन लागेको 'भूलभुलैया'को प्रिमियर भने आउँदो आईतवार अमेरिकाको टेक्सासमा हुँदैछ । फिल्ममा जीवन र नीतासँगै सोहित मानन्धर मुख्य भूमिकामा छन् । फिल्मलाई दिनेश कुमार पोखरेलको प्रस्तुतीमा शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले निर्माण गरेका हुन् ।