Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हाऊ फन्नी | ऋषि धमला पनि कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2015/03/07
फिल्म 'हाऊ फन्नी'को रिलिज डेट घोषणा गरिएको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो फिल्म जेष्ठ १५ बाट प्रदर्शनमा आउने जानकारी दिईयो । 
 
 
पत्रकार ऋषि धमलालाई अतिथि भूमिकामा देख्न सकिने कमेडी फिल्म 'हाऊ फन्नी'मा प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, अनुप बिक्रम शाही, निशा अधिकारी, शिशिर राणा लगायतको अभिनय रहेको छ ।  
 
स्क्रिप्टमा ऋषिको जस्तै क्यारेक्टर चहिएकाले उनलाई लिईएको निर्देशक निलु डोमा शेर्पाले जानकारी दिईन् । निलुले भनिन्, 'ऋषिजी फिल्ममा पत्रकार सम्मेलनको एक सिनमा देखिनुहुन्छ ।' निलुले धमलालाई खिसी गर्ने नियतले प्रयोग नगरिएको भन्दै दर्शकले रमाईलो रूपमा लिने बताईन् । 
 
शान बस्न्यातको पटकथा तथा संवाद रहेको यस फिल्ममा संगीत शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईले खिचेका हुन् । फिल्ममा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको यो फिल्मलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने जिम्मा लिएको छ ।
Most Visited News (monthly)