बलिउड अभिनेता आदित्य पंचोलीलाई प्रहरीले पक्राउ गरेको छ । जुहूको होटल सी प्रिसेन्सको पबमा शनिबार राति १२ बजे हातपात तथा तोडफोड गरेको अभियोग प्रहरीले पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार होटलको पबमा डिजे अंग्रेजी गीत बजाएपछि आदित्यले हिन्दी गीत बजाउन माग गरेका थिए । आदित्यको कुरालाई वेवास्ता गर्दै डिजेले हिन्दी गीत नबजाउँदा तोडफोडको घटना भएको भारतीय प्रहरीको भनाई छ ।
होटलमा तोडफोड गर्न थालेपछि आदित्यलाई बाउन्सरले बाहिर निकाल्न प्रयास गरेको थियो । प्रहरीका अनुसार आदित्यले आफ्नो मोवाइल फोनले बाउन्सरको टाउकोमा प्रहार गरेका थिए । आदित्यको प्रहारबाट बाउन्सरको टाउकोमा चोट लागेपछि पाँच वटा टाँका लगाइएको बताईएको छ ।
तोडफोड र हातपातपछि आदित्य भाग्ने प्रसाय गरेका आदित्यलाई बाउन्सरले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । हाल उनी सान्ता क्रुज प्रहरी थानामा छन् ।

