बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो जादु छर्दै अगाडि बढिरहेकी छिन् अभिनेत्री प्रियंका चोपडा । उनी अब एक अमेरिकी टिभी शो क्वाटिकोमा काम गर्दैछन् ।
प्रस्तुत विदेशी शोका साथमा प्रियंकाले सुटुक्क एक अर्न्तराष्ट्रिय ब्रान्डका लागि पनि मोडलिङ गर्ने भएकी छिन् । जसका लागि उनले १५ करोड रुपैयाँ लिएको भारतीय केही मिडियाले जनाएका छन् ।
यो विज्ञापनका लागि प्रियंकालाई गत महिना नै प्रस्ताव राखिएको थियो । यो विज्ञापन अमेरिकाका विभिन्न टेलिभिजनमा प्रशारण हुनेछ । आफ्नो आवाजका माध्यमबाट हलिउडमा समेत प्रभाव पारेकी प्रियंका बलिउडका अन्य अभिनेत्रीलाई हरेक पक्षले उछिन्ने दौडमा छिन् ।

