किसर हिरोको रूपमा परिचित इमरान हासमीले नयाँँ फिल्म 'मिस्टर एक्स'मा अदृश्य रूपमा किस गरेका छन् । विक्रम भट्टले निर्देशन गरेको यस थ्रीडी फिल्ममा इमरानलाई भिजिलान्तेको भूमिकामा देख्न सकिन्छ ।
फिल्ममा इमरानको साथमा अमयरा दस्तुर, अरुणोदय सिंह तथा नोरा फतेही मुख्य भुमिकामा छन् । सस्पेन्स थ्रीलर फिल्म 'मिस्टर एक्स' आगामी अप्रिल १७ मा रिलिज हुनेछ ।

