
दीलिप रायमाझी जस्तो अभिनय र नृत्य गर्ने कलाकारको संख्या नेपाली फिल्ममा सायदै धेरै नहोला । तर, आफ्नै ब्यानरमा फिल्म 'मिस यू' बनाएपछि दीलिप हराए । दीलिप अब पर्दामा फेरि रमाउने तयारीमा लागेका छन् ।

माघ २३ गते नै प्रदर्शन हुन लागेको यो फिल्मले श्रीमान श्रीमती भनेका एक रथका २ पांग्रा हुन् भन्ने कथालाई उठान गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको टिजर सार्वजनिक गरियो ।

अभिनेता भुवन केसी र महिलाहरुको सम्बन्धको बारेमा सबैलाई थाहा छ । भुवन यूवती र महिलासँग निकट देखिन्छन् । उनै भुवन राजधानीमा आयोजना भएको एक सौन्दर्य प्रतियोगीतामा भने महिलाको विचमा घेरिंदा लजाए ।


प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्म 'अलबिदा'को रोमान्टिक गीत रिलिज गरिएको छ । 'पर्दा हटाउ' बोलको गीतमा अभिनेता हसन खान र अभिनेत्री अनिता आचार्यको प्रेमलाई प्रस्तुत गरिएको छ ।

गोलाप्रथाबाट प्रदर्शन मिति पछि सरेपनि फिल्म 'अधकट्टी'को प्रचार भने सुरु गरिएको छ । एक महिनापछि अष्ट्रेलियामा प्रिमियर हुने भएपछि यसको प्रचार सुरु गरिएको हो ।

