
रेखा थापा स्टारर फिल्म ‘तथास्तु’ सेन्सर पास भएको छ । सबिर श्रेष्ठ निर्मित एवं निर्देशित फिल्म ‘तथास्तु’ ले चलचित्र जाँच पास समितिबाट युनिभर्सल अर्थात् हरेक उमेर समुहका दर्शकले हेर्न मिल्ने गरी प्रमाण पत्र पाएको हो ।

गत मङ्सिर २० बाट छायांकन प्रारम्भ भएको फिल्म 'हाउ फन्नी'को छायाँकन सकिएको छ । ३ गीतको सुटिङ बाँकी राखेर २५ दिनका दिन गत आईतवार फिल्मको इण्डक्ल्याप गरिएको हो ।

चैत्र १३ गते रिलिज हुने भनिएको फिल्म 'भूलभुलैया'को साँगीतिक प्रोमो रिलिज गरिएको छ । 'माया गर्छौ' बोलको गीतमा अभिनेत्री नीता ढुंगाना अभिनेतासँग जीवन लुईटेल र सोहित मानन्धरको त्रिकोणात्मक प्रेम देखाईएको छ ।


पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी थरूनी बन्ने भएकी छिन् । अपिल बिष्टले पहिलो पटक निर्देशन गर्न लागेको फिल्म 'झुम्की'को शिर्ष भूमिकामा मलिनाले थरूनी बनेर अभिनय गर्नेछिन् ।

आमिर खान त्यस्ता अभिनेता बनेका छन् जस्ले आफूले बनाएको रेकर्ड आफैले तोडेका छन् । बलिउडमा १०० करोड व्यापार गर्ने पहिलो फिल्म 'गजिनी'का अभिनेता आमिरले आफ्नै फिल्म 'थ्री इडियट्स'को रेकर्ड तोडे । त्यसपछी 'धूम ३' र अहिले आएर 'पीके' मार्फत आफ्नै रेकर्ड तोडेका छन् ।

