हरेक बिहीवार प्रकाशन हुँदै आएको फिल्मीखबर साप्ताहिकले आफ्नो छैठौं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा बर्ष व्यक्ति पुरुष र महिला पनि घोषणा गरियो ।
.jpg)
.jpg)
बर्ष व्यक्ति पुरुषतर्फ विश्वकै कान्छा निर्देशक सौगात बिष्टलाई सम्मान गरियो । उनले सानो उमेरमा नै फिल्म निर्देशन गरेर विश्वमै चर्चा कमाएका छन् ।
यस्तै अभिनेत्री प्रियंका कार्कीलाई बर्ष व्यक्ति महिलातर्फ सम्मानित गरियो । वि.सं २०७१मा सर्वाधिक धेरै फिल्ममा अभिनय र स्क्यान्डलमा परेकी प्रियंकालाई सम्मानित गरिएको हो । फिल्मीखबरले यसअघि बर्ष अभिनेता र अभिनेत्रीको पुरस्कार प्रदान गर्दै आएको थियो ।
यो बर्षदेखि दायरा फराकिलो बनाइएको सम्पादक शान्तीप्रियले जानकारी दिए । उनले अहिलेको जमानामा फिल्म सम्बन्धी साप्ताहिक पत्रिका संचालन गर्नु आफैमा चुनौती भएको भन्दै यसमा आफूहरु सफल भएको बताए । फिल्मीखबरका प्रकाशक प्रदिप उदयले जुनसुकै चुनौतीका बाबजुत पनि पत्रिकालाई प्रकाशन गरिरहेको बताए ।
सम्मानित भएका निर्देशक बिष्टले यो सम्मानले आफूलाई अझ हौसला मिलेको बताए । अभिनेत्री कार्कीले यस्तो सम्मानले आफूलाई कामप्रति उर्जा दिएको भन्दै सबैले दिएको मायामा धन्यवाद दिइन् ।

