पछिल्लो समय हिट चर्चा पाएको फिल्म ‘हवल्दार सुन्तली’को ‘घन्टी बज्यो’ बोलको गीतका लेखक दिनेश सुवेदीलाई ९ बर्षिया बालिका बलात्कारको अभियोग लागेको छ ।
शिक्षक पेसामा पनि आवद्ध सुवेदीलाई मकवानपुरको दामन पालुङमा अवस्थित सेती गणेश माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्यनरत एक बालिका बलात्कार गरेको आरोप लगाउँदै गाउँलेले कालोमोसो दलेका छन् ।
बालिकाका अनुसार दिनेशले कसैलाई पनि नभन्नु भन्दै उनलाई फकाएका थिए । यता उक्त बालिकालाई बलात्कार गरेको भन्दै गाउँलेले यातना दिएका बेला प्रहरीले रोक लगाएको छ ।
बुधवार बालिकाको परिवारले थाहा पाएपछि यो घटना सार्वजनिक भएको हो । गीतकार तथा शिक्षक सुवेदीले ‘जंजिर’, ‘एउटा साथी’, ‘हिम्मतवली’ लगायतका फिल्ममा गीत लेखेका छन् ।

