बलिउड अभिनेता आमिर खान अभिनित फिल्म 'पीके'ले बक्स अफिसमा कमाल नै मच्चायो । तर, यो फिल्मले जति प्रशंसा पायो त्यती नै आलोचना पनि भोग्यो । फिल्मको बिषयलाई लिएर विभिन्न खालका सवाल र विरोध भए ।
यस बिषयमा फिल्मका मुख्य कलाकार आमिर खानले माफी मागेका छन् । आमिरले यो फिल्मको कथावस्तु आफूलाई मन परेकाले काम गरेको बताए । तर, फिल्मको बिषयवस्तुले केही मानिसहरुको भावनामा ठेस पुर्याएकोमा उनले माफी पनि मागेका छन् ।
'मेरो त्यस्तो कुनै आशय थिएन कि म ती मानिसहरुको भावनामा ठेस पुर्याउँ । यसका लागि म माफी माग्न चाहन्छु', आमिरले भने । आमिरले आगामी दिनमा आफूले मानिसहरुको भावनालाई ख्याल गरेर काम गर्ने बताए ।
भगवानको नाममा भैरहेको ठगीको बिषयमा 'पीके' फिल्म बनेको थियो । धार्मिक आस्थामा ठेस पुर्याएको भन्दै धर्ममा आस्तिकहरूले बिरोध गरेका थिए । आमिरले पनि बक्सफिसमा पैसा छापेपछि मात्र माफी मागेका छन् ।

