Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

श्रीमतीसँग अमेरिका हानिए हमाल

फिल्मीखबर, काठमाण्डौ, 2015/03/16
केहि महिना अगाडि श्रीमती मधु भट्टराईको भिसा नलागेपछि अभिनेता राजेश हमाल एकसाथ जोडी बाँधेर अमेरिका जान पाएका थिएनन् । उनको हनिमुन अमेरिकामा मनाउने योजना असफल भएको थियो । हमालले मधुलाई लिएर पोखरामा हनिमुन मनाउन वाध्य भएका थिए ।
 
अब भने श्रीमतीसँग अमेरिका जाने योजना हमालको पूरा भएको छ । उनी आज श्रीमती मधु भट्टराईलाई लिएर अमेरिकातर्फ लागेका छन् । हमाल करिब १० दिनजती अमेरिकामा रहने वुझिन्छ । 
 
हमालले पनि आफ्नो फेसबुक मार्फत श्रीमती मधुको साथमा अमेरिकातर्फ जान लागेको लेखेका छन् । उनले अमेरिकामा रहँदा आफ्ना आफन्त, दिदी र बहिनीलाई समेत भेट्ने लेखेका छन् ।
 
नेपाली फिल्ममा सक्रिय हुन छाडेपछि हमाल महोत्सव र विदेशमा आयोजना हुने कार्यक्रममा नै धेरै पुगेको देखिन्छ । उनी अमेरिकामा आयोजना हुने एनआरएन सम्मेलनमा सहभागी हुनेछन् । 
Most Visited News (monthly)