चलचित्र पत्रकार संघ हेटौडा शाखाको नयाँँ नेतृत्व पत्रकार मणिराज गौतमले सम्हाल्ने भएका छन् । शनिबार भएको संघको वार्षिक साधारण सभामा गौतमलाई सर्वसम्मतले अध्यक्ष बनाएको हो ।


फिल्म क्षेत्रसहित हरेक क्षेत्रमा अग्रसर रहेर कार्य गर्दै आएका मणिराज संघको पूर्व महासचिव हुन् । उनको कार्यक्षमता देखेर हेटौंडाका पत्रकारहरूले अध्यक्ष बनाएका हुन् ।
हेटौंडाको थाहा सञ्चार एफएममा कार्यरत मणिराज फिल्मीखबर डट कमका स्थानिय संवाददाता पनि हुन् । मणिराजको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा प्रकाश दाहाल, सचिवमा श्रीराम दाहाल, कोषाध्यक्षमा कपिल खड्का र सहसचिव अमृता नेपाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामप्रसाद पण्डित, धिरज थापा, प्रभात लामा, दिपज्योती थापा छन् ।
तस्विर : दिपेशराज थारू

