Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

जीवनले छायाँमा पार्दैनन् : सोहित

फिल्मीखबर, काठमाण्डौ, 2015/03/15
चैत्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'भूलभूलैया'बाट अभिनेताको रुपमा उदाउने तयारीमा छन् सोहित मानन्धर । सोहितले यसअघि फिल्म 'रिदम' र ;नाई नभन्नु ल २'मा सह–अभिनेताको रुपमा काम गरेका छन् ।
 
सोहित आफूलाई फिल्म 'भूलभूलैया'ले अभिनेताको रुपमा चर्चित बनाउने दाबी गर्छन् । उनले यो फिल्म ३ जना पात्रको वरिपरी घुमेको बताए । दर्शकले ट्रेलर हेरेर दिएको प्रतिक्रियाले नै उनी उत्साहित छन् । 
 
सोहितले यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि आफूलाई द्धन्द्धात्मक फिल्मको अफर आएको बताए । उनले यसअघि प्रदर्शनमा आएका २ फिल्ममा पनि आफू दर्शकको नजरमा परेको भन्दै 'भूलभूलैया'बाट अर्का अभिनेता जीवन लुईटेलले छायाँमा नपार्ने बताए ।
 
फिल्म नचलिरहेको अवस्थामा 'भूलभुलैया' कसरी चल्छ त ? सोहितले भने– ‘यो फिल्म व्यवसायिक छ । यसका गीतसंगीत राम्रा छन् । यसले  दर्शकलाई पूरा समय बाँध्ने क्षमता राख्छ ।’ 
 
योगेश घिमिरेले निर्देशन गरेको यो फिल्ममा जीवन लुईटेल र निता ढुंगानाको साथमा सोहितको मुख्य भूमिका छ । फिल्ममा बसन्त सापकोटाको संगीत छ । 
Most Visited News (monthly)