Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.50/5.00)
Text size:-
+
-

थपियो निखिललाई चुनौति

फिल्मीखबर, काठमाडौं, 2015/06/01

अभिनेता निखिल उप्रेतीले आफ्नो फिल्म भैरवको प्रदर्शन मिति जेठ २२ बाट पछि सारेर भदौ ११ मा पु¥याए । निखिलकै अभिनय रहेको यो फिल्ममा अनु शाहले उनलाई साथ दिएकी छिन् । ट्रेलर सार्वजनिक नहुँदै फिल्मीकर्मी माझ अत्यन्त चर्चा पाएको यो  फिल्मले सोलो रिलिजको अवसर भने नपाउने भएको छ ।



वैशाख १२ गते आएको भुकम्पछि अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरिएको फिल्म रेशम फिलिली भदौ ११ मा नै आउने भएको छ । निर्माता माधव वाग्लेले अर्का निर्माता विनय श्रेष्ठसँग मिलेर नयाँ मिति तोकेको बताए । रेशम फिलिलीलाई पपकर्नले वितरण गर्नेछ भने भैरव एफडी कम्पनीको विरतणमा हलमा लाग्नेछ ।



रेशम फिलिली वैशाख ११ गते प्रदर्शनमा आएको थियो । एक गीतका कारण हिट भएको फिल्म हेर्ने दर्शक फेरि इच्छुक हुन्छन् या हुँदैनन् भन्न सकिदैन । तर, अभिनेता निखिल उप्रेतीको आफ्नै निर्देशन रहेको फिल्म भैरव भने सिंगल हलमा बढी चल्न सक्छ । रेशम फिलिलीका लागि भत्किएका मल्टिप्लेक्स वाधक बन्न सक्छन् ।

Most Visited News (monthly)