Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`ग्लोबल मुभी फेस्टिभल`मा नेपाली फिल्म | को-को फिल्मकर्मी आउलान् त ?

फिल्मीखबर, काठमाडौं, 2015/05/31

अमेरिकाको सान फ्रान्सिस्कोमा हुन गईरहेको ‘ग्लोबल मुभी फेस्टिभल’मा नेपाली फिल्महरुले पनि सहभागिता जनाउने भएका छन् । फेडरेसन अफ इन्डो अमेरिकन नामक संस्थाले बर्षेनी आयोजना गर्ने उक्त फेस्टिभल यस बर्ष अगामी अगस्ट ७ देखि १६ सम्म हुनेछ । फेस्टिभलमा ३० देशका २५० वटा फिल्महरु प्रदर्शनीको लागि तय गरिएको फेस्टिभलका कन्भेनर तथा अध्यक्ष झाप्रा रोमेसले जानकारी गराए ।

बलिवुड अभिनेता गुल्सन ग्रोभर प्रमुख अतिथी रहेको पत्रकार भेछघाट कार्यक्रममा फेस्टिभलका ग्लोबल डाइरेक्टर प्रकाश थापाले नेपालमा आएको भूकम्पले नेपाली जनजीवन पारेको प्रभाव बारे अवगत गराउँदै सहयोगका लागि आहवान गरेका थिए । फेस्टिभलमा पूजना प्रधानको ’चकलेट’, रिचा घिमिरेको ’तुलसी’ र उदय सिजापतिको ’टाटाबाई बाई ’ फूलमान बलको’सेलफोन’ र जस कुमार राईको 'सेक्रिफाईज नेभर डाइज' प्रदर्शन हुने पक्का भएको थापाले जानकारी दिए । 

 

ग्लोबल फेस्टिभलमा आफू निर्देशक हुँदा नेपालको फिल्महरुलाई सहभागिता गराउन प्रयास गरे अनुरुप सफलता पाउँदा खुशी लागेको थापाले बताए । नेपाली फिल्मलाई बिश्व सामु चिनाउने उद्धेश्यले नेपाली फिल्म र कलाकारलाई सहभागिता गराउन लागेको बताउँदै उनले भने, ‘दुई दशक लामो ईतिहास बोकेको फेस्टिभलमा नेपालको उपस्थिति सुरुवात मात्र हो, पछि यसको निरन्तरता हुन्छ ।’

 

अर्न्तराष्ट्रिय चेअर संयोजक डा. फासी खुरामका अनुसार हलिवुडका प्रख्यात कलाकार ज्याकी च्यान, स्यारोन स्टोन तथा बलिउडबाट बिद्या बालन, रानी मुखर्जी, गायक सोनु निगम लगायतको उपस्थिती हुने उक्त फेस्टिभलमा नेपालबाट अभिनेता सुनिल थापाले पनि उपस्थिति जनाउने छन् ।

Most Visited News (monthly)