सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म ‘रातो घर’ ले भुकम्पको कम्पन कम हुँदै गएपछि प्रचारको सुरुवात गरेको छ । फिल्मको मोसन पोष्टर र अडियो गीत बाहिर ल्याइएको छ । जुलाई २५ मा बेलायतमा रातो गलैचा प्रिमियर गर्ने भएपछि यसको मेकर हतारिएका हुन् ।
माङ हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् । सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राइ निर्माता रहेको चलचित्रमा मेन्छा रुम्दालीको कथा, सुब्बाकै पटकथा छ । फिल्मा विपीन मल्लको सम्पादन, महेश खड्का र डम्बर नेपालीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।
फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कु“वर, उपशसना नेम्वाङ, श्याम राई मुख्य भूमिकामा छन् । कालो काम गर्नेहरुको सेतो कथा भनिएको यो फिल्म नेपालमा भने कहिले प्रदर्शनमा आउँछ पक्का भएको छैन । फिल्मको निर्माण यूनिटले सर्ट मुभिको प्रतिस्पर्धा पनि गर्न लागेको छ । लागू पदार्थ विरुद्धको कथामा आयोजित हुने छोटा फिल्म प्रतिस्पर्धाका विजेताले नगद १ लाख पाउनेछन् ।

