Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुटबल खेल्न राष्ट्रपतिलाई निम्ता

फिल्मीखबर, काठमाडौं, 2015/05/29
जेठ २३ गते नयाँ पत्रिकाको आयोजनाम नेता र कलाकारविच मैत्रीपूर्ण खेल हुँदैछ । यो खेलबाट उठेको सम्पूर्ण रकम भूकम्प पीडितहरुको सहयोगका लागि खर्च गरिने छ ।यसैले पनि होला, अहिले कलाकारहरु देशका चर्चित नेतादेखि मन्त्रीसम्मलाई फुटबल खेलको निमन्त्रणाका लागि निम्तो दिन लागिपरेका छन् ।
 
 
कलाकारहरुले राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेटेर फुटबल खेल्नका लागि निम्तो दिएका हुन् । अभिनेत्री झरना थापा, दीपाश्री निरौलादेखि विभिन्न हाँस्य कलाकारहरु राष्ट्रपति निवास पुगेका थिए । उनीहरुले राष्ट्रपतिबाट सकारात्मक प्रतिक्रिया आएको बताए ।
 
 
यस्तै, कलाकारहरुले एमाओवादीका नेता डाक्टर बाबुराम भट्टराइलाई पनि भेटेका छन् । भट्टराइले फेसबुक पेजबाटै कलाकारहरुले फुटबल खेलका लागि निम्तो गरेको जानकारी दिएका हुन् ।राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, दलका शिर्ष नेता सबैलाई निमन्त्रणा गर्ने कलाकाररुले बताएका छन् ।
 
Most Visited News (monthly)