मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के सकिएकै हो त हमालको फिल्मी करिअर ?

फिल्मीखबर, काठमाडौं, 2015/07/28

कुनै समय बर्षमा १५ वटासम्म फिल्म खेल्ने अभिनेता राजेश हमाल अहिले भने चुपचाप छन् । विदेश भ्रमण र सार्वजनिक कार्यक्रममा नै बिताइरहेका हमालको हातमा अहिले फिल्म छैनन् । बिहे गरेपछि पत्नी मधु भट्टराइलाई लिएर अमेरिकादेखि विश्वका विभिन्न देश पुगिरहेका हमालले फिल्मको सेटमा पुगेर मेकअप नगरेको पनि लामो समय भैसकेको छ । दिनदेखि रातसम्म मेकअपले सजिएर अभिनय गर्ने हमाललाई अहिले फिल्मीकर्मीले फिल्ममा लिएका छैनन् । अभिनय गरेका एकादुई फिल्म रिलिज हुन बाँकी बाहेक हमालका हातमा फिल्म छैनन् । त्यसैले केहीले आजभोलि हमालको फिल्म करिअर सकिएको अनुमान गर्न थालेका छन् ।

 


अभिनेता हमालले फिल्म निर्माण गर्ने भनेको चर्चा चलेको लामो समय भैसकेपनि अहिलेसम्म चर्चा चर्चामै सिमित छ । अभिनेता हमालले आफ्नो क्रेज छउन्जेल बर्षमा अफर खाएका सबै फिल्म खेले । उनले कथावस्तु, निर्देशक, निर्माता, स्तरियता केही हेरेनन्, अफर आएका फिल्म कुनै छाडेनन् । जसले गर्दा हप्तैपिच्छे हमालका फिल्म हलमा देखिन्थे । दर्शकले पनि हमालका फिल्मका फरकपन पाएनन् र विस्तारै हेर्न छाडे । अहिले हमालको दैनिकी फिल्म छायांकन भन्दा अन्य काममा वितिरहेको छ । कुनै समय हमालको टाउको राख्दा फिल्म विक्थ्यो । निर्माताले ३ लाख भन्दा बढी दिएर हमाललाई २ सिन भएपनि खेलाउँथे  । तर, यो क्रेज आज पर्दा बाहिर त छ, तर पर्दामा हराएको छ ।

 


के अभिनेता हमालले फिल्म खेल्न नै जानेनन् ? के उनले जथाभावी फिल्मको साटो छानेर फिल्म खेल्नुपथ्र्यो ? एकथरी यस्तो खालको बहस पनि गर्छन् । हुनत, हमालले आफूले फिल्म खेल्दा धेरैको जिन्दगी बनेको कुरा पनि गर्दै आएका छन् । हमालले फिल्म खेल्न जानेनन् या उनलाई खेलाउनेले बनाउन जानेनन् । हमाललाई निर्माता र निर्देशकले कहिले पनि फरकपनमा देखाउनै खोजेनन् । उनको अनुहार भए पुग्थ्यो उनीहरुलाई । जसकाकारण पनि हमालले अफर आएका फिल्म खेले, बनाउनेले एउटै  गेटअपमा देखाइदिए ।
अझैपनि हमाललाई हेर्न चाहने दर्शक छन् । तर, फरक र सार्थक भूमिकामा । उनको क्यालिबर बुझेर उनलाई कसले मौका देला धेरैको प्रतिक्षा छ ।