मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.70/5.00)
Text size:-
+
-

ऋचा शैली : अवार्ड पाउँदा मख्ख, नपाउँदा दिक्क

फिल्मीखबर, काठमाडौं, 2015/07/28

अभिनेत्री ऋचा शर्मा गतबर्ष पनि राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा उपस्थित थिइन् । तर गतवर्ष उनको अनुहार मलिन थियो । उनको अनुहारमा आजको जस्तो खुशी थिएन, जतिबेला अवार्ड सम्पन्न भयो ।


आज राष्ट्रिय पुरस्कार वितरण भईसक्दा ऋचाको हातमा पुरस्कारको ट्रफी थियो र ओठमा मुस्कान । उनी वधाई थाप्न र धन्यवाद भन्दैमा व्यस्त देखिइन् । यतिमात्र होइन, ऋचाले मिडियाका अगाडि अवार्ड समातेर पोज पोजमा तस्बिर पनि खिचाइन् । धेरैलाई लागेको थियो, यो साल ऋचा अवार्ड समारोहमा उपस्थित हुँदिनन् । कारण गतबर्ष आयोजित राष्ट्रिय चलचित्र पुरस्कारमा ऋचा सर्वाधिक धेरै चिढिएकी थिइन् । अभिनेत्री नीता ढुंगानालाई फिल्म ‘मसान’बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार दिएपछि ऋचाले खुलेरै निर्णयको बिरोध गरेकी थिइन् । उनले राष्ट्रिय चलचित्र पुरस्कारको गरिमा नै नभएको भन्दै पुरस्कारको कडा आलोचना गरेकी थिइन् । गतबर्ष विरोध गर्न ऋचा र अर्की अभिनेत्री प्रियंका कार्की अगाडि देखिएका थिए । यसपटक भने प्रियंका पुरस्कार समारोहमा नै देखिइनन् ।

 


ऋचा शर्माको २ बर्षमा दुई थरिका शैली देखिए । अवार्ड नपाउँदा विरोध गर्ने र पाउँदा मख्ख पर्ने फिल्मीकर्मीको शैली ऋचामा पनि देखियो । यसपटक पनि ऋचाले पुरस्कार पाउँदा विरोध जनाउनेहरु देखिदै जालान् । के ऋचाले त्यसको जवाफ दिन सक्लिन् ? त्यो भने प्रतिक्षाको विषय रहनेछ ।

 


हडकडमा आयोजित सातौ नेफ्टा फिल्म अवार्डमा पनि अभिनेत्री केकी अधिकारीले अवार्ड पाउँदा ऋचा खुबै चिढिएकी थिइन् । ऋचा यतिधेरै चिढिएकी थिइन् कि,उनी होटलको लिफ्टमा लडेकी थिइन् । तर यो साल आयोजना भएको पहिलो पुरस्कार नै उनको पोल्टामा पर्यो । ऋचालाई यसका लागि हाम्रो शुभकामना छ । तर पाउँदा बेस्ट र नपाउँदा झुर भन्ने बानी चैं छाड्ने पो हो कि?