मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

अमेरिका जानेको होइन, नेपालमै बस्ने फिल्मीकर्मीको कुरा गरौ

फिल्मीखबर, काठमाडौं, 2015/07/27

फलानो अभिनेता अमेरिका उड्दै, फलानो कलाकार अमेरिका पुगे...। नेपाली मिडियादेखि फिल्म क्षेत्र समेत लामो समयदेखि अमेरिका तरंगित छ । अमेरिका पुग्ने वित्तिकै अर्कै ग्रहमा पुगेको आभाष गर्ने कलाकारको पनि यहाँ कमी छैन । अमेरिका पुगेर फिल्म नगरीलाई चटक्कै विर्सने कलाकारले जन्मदिन मनाएकादेखि समुन्द्रमा घुमेका तस्बिरले समेत चर्चा पाउँछ नेपालमा ।


तर, नेपाली कलाकारिताबाटै केही नाम र चर्चा पाएसँगै यसैलाई उपयोग गरेर अमेरिका पुग्ने र नेपाली कलाकारिताले केही दिएन, बाँच्नै सकिएन भन्दै विदेश आएको भन्ने कलाकर्मीको सम्मानमा यत्रो हल्ला गर्नुको अर्थ के छ ? नेपालमै यस्ता धेरै कलाकार छन्, जो अमेरिकामा आरमदायी जीवन जिउन सक्ने क्षमता हुँदाहुँदै पनि नेपाली फिल्मकै लागि आफ्नो जीवन अर्पण गरेका छन् । अमेरिकामा नेपाली कलाकारिताले दिएको माया र सम्मानलाई छाडेर पुग्ने र शुन्यबाट जीवन सुरुवात गर्नेहरुका चर्चाले के नेपालमै बस्ने र मिठो मसिनो खाएर कलाकारितालाई अगाडि बढाउन लाग्ने कलाकर्मीको मन नदुख्ला ?

 


अभिनेता राजेश हमाल जो कार्यक्रमको सिलसिलामा बारम्बार अमेरिका पुग्छन् । तर, उनले अमेरिकामा नै बस्ने चाहना राखेनन् र कलाकारितालाई आफ्नो तरिकाले अगाडि बढाए । अभिनेता भूवन केसी जो बारम्बार आफू अमेरिकामा गएर सजिलै बस्न सक्ने भएपनि नेपालमा नै बसेको बताउँछन् । कलाकाररु भूवन चन्द, बसुन्धरा भुषाल, लक्ष्मी गिरी के यसका उदाहरण होइनन् ? जसले आजसम्म पनि नेपाली फिल्मका लागि आफ्नो योगदान दिइरहेका छन् । नेपालमा अहिले सरकारी जागिर खाएकाहरुले विदेशी पी आर र ग्रिनकार्ड लिन नपाउने नियम बनेको छ । यसले कर्मचारीतन्त्रमा हलचल नै ल्याइदिएको छ ।

 

तर, अमेरिकाको ग्रिनकार्ड हातमा लिएर नेपाली फिल्ममा काम पाउन्जेल गर्नेहरु पनि त छन् । धेरै कलाकारको निधन हुँदा शव जलाउने दाउराको समेत अभाव भयो भन्ने चर्चा नेपाली मिडियामा हुन्छ । तर, ती कलाकारले सुख सुविधाका लागि विदेशी भूमि रोजेनन्, मर्न तयार भए नेपालमै । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन हुँदा देखिएको दर्शकको मायाले पनि स्पष्ट हुन्छ, नेपाली फिल्मलाई माया गर्ने कलाकारको सम्मान यहाँ धेरै छ ।

 


जसले विदेशी भूमिलाई नरोजी नेपाली फिल्म क्षेत्रलाई नै आफ्नो अन्तिम सास रहुन्जेल साथ  दियो, ती कलाकारको निधन अर्थहिन हुँदैन भन्ने पुष्टी श्रीकृष्णले दिएका छन् । तर, विदेश जान सजिलो हुन्छ भन्ने सोचले नै कलाकारितामा लाग्ने कलाकारको चर्चा आवश्यक भन्दा धेरै गर्दा नेपालमै केही गरौ भन्ने सर्वसाधारणमा पनि विदेश हानिने भोक नजाग्ला र ?