Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरका लागि कट्रिनाको पूजा

एजेन्सी, मुम्बई, 2015/07/28

आफ्ना प्रेमी रणवीर कपुरको फिल्म एकपछि अर्को गर्दै असफल भएपछि प्रेमिका कट्रिना कैफ पनि चिन्तित देखिएकी छिन् । कट्रिनाले हालै मात्र एक कार्यक्रममा रणवीरसँग इन्गेजमेन्ट गरेको खबरलाई नकारेकी थिइन् । तर, पनि उनी आफ्ना प्रेमीको बिषयमा भने खुबै चिन्तित हुन थालेकी छिन् ।


यसैले पनि रणवीरका लागि कट्रिनाले हालै मात्र घरमा पूजाको आयोजना गरिन् । रणवीरको फिल्म निरन्तर असफल भएपछि चिन्तित भएकी कट्रिनाले उनका लागि सफलताको पूजा आयोजना गरेकी हुन् ।



हालै मात्र प्राग्वेमा बिदा मनाएर फर्किएपछि रणवीरका लागि उनकी प्रेमिका कैफले घरमै पूजाको आयोजना गरेकी हुन् । मुम्बइको कार्टर रोडमा रहेको एक अपार्टमेन्टमा दुई जना बस्न थालेको केही महिना भयो । तर, यो घरमा पुगेपछि रणवीरका फिल्म निरन्तर असफल भैरहेका छन् । यसैले पनि कट्रिनाले पूजाको आयोजना गरेको भारतीय मिडियाको दाबी छ ।

Most Visited News (monthly)