आफ्ना प्रेमी रणवीर कपुरको फिल्म एकपछि अर्को गर्दै असफल भएपछि प्रेमिका कट्रिना कैफ पनि चिन्तित देखिएकी छिन् । कट्रिनाले हालै मात्र एक कार्यक्रममा रणवीरसँग इन्गेजमेन्ट गरेको खबरलाई नकारेकी थिइन् । तर, पनि उनी आफ्ना प्रेमीको बिषयमा भने खुबै चिन्तित हुन थालेकी छिन् ।
यसैले पनि रणवीरका लागि कट्रिनाले हालै मात्र घरमा पूजाको आयोजना गरिन् । रणवीरको फिल्म निरन्तर असफल भएपछि चिन्तित भएकी कट्रिनाले उनका लागि सफलताको पूजा आयोजना गरेकी हुन् ।
हालै मात्र प्राग्वेमा बिदा मनाएर फर्किएपछि रणवीरका लागि उनकी प्रेमिका कैफले घरमै पूजाको आयोजना गरेकी हुन् । मुम्बइको कार्टर रोडमा रहेको एक अपार्टमेन्टमा दुई जना बस्न थालेको केही महिना भयो । तर, यो घरमा पुगेपछि रणवीरका फिल्म निरन्तर असफल भैरहेका छन् । यसैले पनि कट्रिनाले पूजाको आयोजना गरेको भारतीय मिडियाको दाबी छ ।