मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कोहिनूर’को गीतमा फिल्म

फिल्मीखबर, काठमाडौं, 2015/07/30

‘कोहिनुर’ फिल्मको सुपरहिट गीत ‘के म तिम्रो होइन र’  अब फिल्मको नामको रुपमा आउने भएको छ । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्काले नृत्य गरेको या गीतलाई आकाश अधिकारीले फिल्मको शीर्षक बनाएका हुन् ।  फिल्मको अहिले प्रि पोडक्शनको काम चलिरहेको छ । फिल्मका लागि दुई नयाँ अनुहार पनि फाइनल गरिएको छ ।

 

आकाशले आफ्नै भतिज आर्यन अधिकारीलाई फिल्ममा मुख्य अभिनेताको रुपमा अनुवन्धित गरिसकेका छन् । आर्यनको अपोजिटको रुपमा भने नयाँ अनुहार मरिष्का पोख्रेल देखिने पक्का भएको छ ।मरिष्काले हिन्दी फिल्म ‘यारा’मा छोटो भूमिका निर्वाह गरेकी छिन् । फिल्मको कथावस्तु पूर्ण रुपमा प्रेम गाँसिएको आकाशको भनाई छ । ‘कोहिनूर’को गीतको यो लयलाई सबैले मन पराएपछि फिल्मकै नाम दिइएको आकाशले बताए ।