मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘बजरंगी’ले तोडेन ‘पिके’को रेकर्ड

फिल्मीखबर, काठमाडौं, 2015/07/30

सलमान अभिनित फिल्म ‘बजरंगी भाईजान’ले कमाईमा दिनुहँ नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । तर अरु रेकर्ड ब्रेक गरेपनि ‘बजरंगी भाईजान’ले पिके’को रेकर्ड भने छुन नसक्ने समिक्षकले अनुमान लगाएका छन् । फिल्मले बुधबार ७ करोड कमाई गर्दै घरेलु बजारबाट मात्र दुई अर्ब ६६ करोड कमाई पुर्याएको छ भने विदेशमा समेत गरी कुल कमाई ४ अर्ब ९६ करोड पुर्याएको छ । जसमा विदेशी देशको कमाई एक अर्ब २८ करोड रहेको छ ।

 


दोस्रो हप्ता सकिन लाग्दा आमिर खानको ‘पिके’ले कुल कमाई ७ अर्ब ३५ करोड पुर्याएको थियो भने आमिरके ‘धूम ३’ले ५ अर्ब ३६ करोड कमाएको थियो । तर सोही समयावधिमा ‘बजरंगी भाईजान’ले ५ सय करोडको मात्र आँकडा छुँदा ‘पिके’को रेकर्ड भेट्ने सम्भावना क्षिण बन्दै गएको हो ।

 

तर केही विदेशी देशमा फिल्म रिलिज हुन बाँकी रहेको र घरेलु बजारमा पनि फिल्मले राम्रै कमाई गरिरहेकाले ‘धूम ३’को रेकर्ड भने सलमानको फिल्मले ब्रेक गर्ने धेरैको अनुमान छ । कबिर खान निर्देशित फिल्मलाई सलमानका पछिल्ला फिल्म मध्ये उत्कृष्ट मानिँदै आएको छ ।