मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा देखिएको स्टारडमको भ्याकुम

फिल्मीखबर, काठमाडौं, 2015/07/30

अभिनेताहरु राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठले काम गर्दा नेपाली फिल्ममा स्टारडमको महत्व खुबै थियो । यी ३ अभिनेताको स्टारडमले नेपाली फिल्मलाई जोगाएको थियो । फिल्मका पर्दामा यी ३ अभिनेता देखिदा निर्माताले पैसा सोहोर्थे । स्टारडमको भ्याकुम हुनु हुदैन । केही दिन अगाडि अभिनेता राजेश हमालले फिल्मीखबर साप्ताहिकमा दिएको अन्र्तवार्तामा यो कुराको उल्लेख गरेका छन् । हमाल, केसी र श्रेष्ठले स्टारडमलाई अगाडि बढाउँदा त्यसपछि आएका दिलिप रायमाझीदेखि निखिल उप्रेती, विराज भट्टले पनि दर्शकको तारिफ र भिड पाए ।


३ अभिनेताले स्टारडम गुमाइदिएको भए सायद निखिल र विराजले पनि स्टारडम सोचेजस्तो पाउने थिएनन् । यसरी भनौ कि, त्यो अवधिमा नेपाली फिल्ममा स्टारडमको भ्याकुम बन्न पाएन ।निखिल र विराजले पनि स्टारडमलाई निरन्तरता दिएपछि यसपछि आएका आर्यन सिग्देल, जीवन लुइटेलले पनि सुरुवातमा यही चर्चा पाए । तर, विस्तारै यी अभिनेताहरुले आफ्नो स्टारडमलाई जोगाउन सकेनन् ।

 

आर्यन र जीवनले पाएको स्टारडम जोगाउन नसक्दा अहिले नेपाली फिल्ममा यसको असर देखिएको छ । जसको प्रत्यक्ष असर नयाँ आउने अभिनेता र अभिनेत्रीमा देखिएको छ । अहिले रजतपटमा अनमोल केसी बाहेक कसैको पनि स्टारडम देखिएको छैन ।अभिनेत्रीको हकमा पनि यस्तै हो । अभिनेत्रीहरु प्रियंका कार्की, केकी अधिकारी लगायतले सुरुवातमा पाएको स्टारडम जोगाउन नसक्दा नयाँ आउने अभिनेत्रीहरुलाई मुस्किल परेको छ । अभिनेत्री रेखा थापाले स्टारडम बोक्दा त्यसलगतै आएका केही अभिनेत्रीले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए ।

 


तर, अहिले नेपाली फिल्ममा स्टारडममा प्वाल परेर हावा छिरेको छ । जसको प्रत्यक्ष असर फिल्म क्षेत्र र यसको व्यापारमा परेको छ । फिल्म चल्नका लागि सबैभन्दा पहिला दर्शकमा कलाकारप्रतिको क्रेज आवश्यक छ । केही फिल्म जसमा नचिनिएका कलाकार भएपनि चल्छन्, ती अपवाद हुन् । होइन भने व्यवसायिक फिल्ममा स्टारडम आवश्यक छ ।
स्टारडम पनि एक पुस्ताबाट अर्को पुस्तामा सर्ने कुरा हो । तर, जब कुनै एक पुस्तामा आएर यो लरखराउँछ, यसपछि पछिल्लो पुस्तामा यसलाई उचाल्न फेरि ठूलै कोशिश गर्नुपर्छ । अहिले नेपाली फिल्मका कलाकारमा देखिएको स्टारडमको अभावको मुख्य कारण नै यही हो । स्टारडमा देखिएको भ्याकुमले सिंगो फिल्म क्षेत्र प्रभावित बनेको छ ।