Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अतियालाई सलमानको सल्लाह

एजेन्सी, मुम्बई, 2015/08/18

बलिउडका चर्चित अभिनेता सलमान खान आफ्नै होम प्रोडक्शनको निर्माणमा तयार भएको फिल्म ‘हिरो’को प्रचारमा व्यस्त छन् । यो फिल्मबाट उनले बलिउडका कुनै समयमा चर्चित अभिनेता सुनिल सेट्टीकी छोरी अतिया सेट्टीलाई भित्राएका छन् ।


अतिया अहिले ‘हिरो’को व्यापारको प्रतिक्षामा छिन् । यो फिल्ममा आदित्य पंचोलीका छोरा सुरज पंचोली पनि बलिउडमा डेब्यू गर्दैछन् ।अतियालाई सलमानले नयाँ अभिनेतासँग मात्र काम गर्ने सल्लाह दिएका छन् । अतियाले आफूलाई सलमान खान मनपर्ने र उनीसँग काम गर्ने इच्छा पनि राखेकी छिन् । तर, सलमानले उनलाई नयाँ अभिनेतासँग मात्र काम गर्ने सल्लाह दिएका हुन् ।


अतियाले फिल्ममा बोल्ड दृश्यका बिषयमा आफ्ना पिता सुनिल केही रुढिवादी भएको बताइन् । उनले फिल्मको कथावस्तु हेरेर त्यसको आवश्यकता अनुसार काम गर्न सकिने बताइन् । तर, फिल्म ‘हिरो’मा त्यस्तो कुनै दृश्य नभएको उनको भनाई छ ।अतियाले आफूलाई ऐश्वर्या राय र काजोल मनपर्ने पनि बताइन् । बलिउडका ३ खान आफैमा सुपरस्टार भएको भन्दै उनले कसैको तुलना पनि कोहीसँग नहुने बताइन् ।

Most Visited News (monthly)