हाल अमेरिकामा रहेका अभिनेता निरज बराललाई पुत्र लाभ भएको छ । फेसबुक मार्फत उनले छोराको परिचय गराउदै फोटो सार्वजनिक गरेपश्चात पुत्र लाभ भएको खुलेको हो ।


२०६८ साल मंसिर ५ गते झापाकी निवेदिता ढकालसँग वैवाहिक बन्धनमा बाँधिएका अभिनेता बरालले आफ्नो छोराको नाम निर्वान राखेका छन् । अमेरिकाको ग्रिनकार्डको प्रोसेसमा रहेका निरजको छोरा भने स्वत:: अमेरिकी नागरिक हुनेछन् ।
निरज आँफैले निर्माण गरेको फिल्म 'स्टुपीड मन` रिलिज गर्न श्रीमतीको साथमा अमेरिका आएका थिए । त्यसपश्चात उनी नेपाल फर्केका छैनन् । हाल उनी क्यालिफोर्नियामा बस्दै आएका छन् ।

