बिपी कोईरालाको चर्चित उपन्यास `तीन घुम्ती`मा आधारित रहेर निर्माण गरिएको फिल्म `तीन घुम्ती`को ट्रेलर सार्वजनिक भएको छ । बाबुराम ढकाल निर्देशित यो फिल्म गरिमा पन्तको सेरोफेरोमा घुमेको छ ।
फिल्ममा गरिमालाई ध्रुब दत्त, सुशान्त कार्की, भुवन चन्द लगायतले साथ दिएका छन् । फिल्मको फस्ट लुकमा गरिमाकै जीवनमा आउने विभिन्न घटना क्रमलाई देखाइएको छ । यो फिल्ममा नारीका ३ रुप प्रेमिका, पत्नी र आमालाई चित्रण गरिएको निर्देशक बाबुराम ढकालले बताए ।
यो फिल्मको प्रिमियर आउँदो शनिबार नेपाल सहित लण्डनमा एकसाथ हुँदैछ । सोही प्रिमियर शो लक्षित गर्दै 'तीन घुम्ती' ट्रेलर सार्वजनिक गरिएको हो ।
कर्मा प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ । फिल्ममा गोपाल प्रसाद सुवेदी, पंकज जलन, बाबुराम ढकाल निर्माताको रुपमा छन् भने राकेश अडुकिया कार्यकारी निर्माता छन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन, बसन्त सापकोटाको संगीत छ ।

