बलिउड अभिनेता कुनाल कपुर भ्रमणको लागि नेपालमा छन् । तीन दिने भ्रमणमा आएका कुनाल मंगलबार नेपाल झरेका हुन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ ।
कुनाल बिहीबार भारत फर्कने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महिला सशक्तिकरणका लागि काम गरिरहेको केयर नेपालसँग आवद्ध भएर उनी नेपाल आएका हुन् । अभिनेता कपुरको भ्रमणलाई केयर नेपालले गोप्य राखेको छ ।
नेपाल आएको जानकारी उनले ट्वीटरबाट गराएका थिए । 'नेपाल आइपुगेको छु । भोलि म भ्रमणको लागि निस्कदैछु र सहयोग रकमको प्रयोगबारे बुझ्नेछु',सोमबार नेपाल आएपछि ट्वीट गरे । उनले 'रंग दे बसन्ती', 'आजा नाचले', 'लम्हे', 'डन २', 'बच्ना ए हसिना' र 'वेलकम टु संञ्जनपुर' लगायत फिल्ममा काम गरिसकेका छन् ।

