Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`बागमती`मा यस्ती केकी (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाडौं, 2015/08/18

हालसम्म कुनै पनि दृश्य सार्वजनिक नगरिएको फिल्म ‘बागमती’को छायांकनका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गरिएको छ । सार्वजनिक तस्बिरका अनुसार फिल्ममा मुख्य अभिनेताद्धय राजेश हमाल र शिव श्रेष्ठ विच भिडन्त पर्ने देखिएको छ ।

 

 

 

 

फिल्ममा अभिनेत्री केकी अधिकारी नक्कली कपालमा देखिएकी छिन् । उनको भूमिका गेटअपले मात्र खुलेको छैन । नेपालका साथै भारतका विभिन्न स्थानमा प्रदर्शनमा आउने यो फिल्मलाई हालसम्मकै महंगो नेपाली फिल्म भनिएको छ । फिल्मलाई सन्नी केरलाले निर्देशन गरेका हुन् । ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई दिनेश दर्शनधारी र विजय सत्याल निर्माता छन् ।

 

 

 

फिल्म छायांकनका लागि दक्षिण भारतका प्राविधिक र प्रविधी प्रयोग गरिएको थियो । नेपालका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको हाल दक्षिण भारतमै प्रोडक्शनको काम भैरहेको छ । फिल्मको लगानी २ करोड पुगेको यसका निर्माताको दाबी छ ।

Most Visited News (monthly)