Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

खगेन्द्र महिला कि पुरुष ? (पोस्टर हेर्नुस्)

फिल्मीखबर, काठमाडौं, 2015/08/18
दीपेन्द्र के.खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने भिन्न रूपमा देखिएका छन् ।  
 
 
सर्ट माथि सारीको सप्कोले बेरिएको रूपमा खगेन्द्र प्रस्तुत भएका छन् । उनी आधा महिला र आधा पुरूषको भेषमा छन् । पोस्टरमा हनुमान अवतारमा अर्को एक पात्रलाई पनि देखाइएको प्रस्तुत गरिएको छ ।
 
फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि तोकिएको छ । खगेन्द्रको साथमा बर्षा सिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, आशिष अधिकारीको मुख्य भूमिका रहेको फिल्म माघ १५ गतेबाट प्रदर्शनमा आउनेछ ।
 
करिब १६ दिनमा छायांकन सकिएको फिल्मका अधिकांश दृश्य पशुपति क्षेत्रमा नै खिचिएको छ । फिल्ममा सुर्य थोकरको द्वन्द निर्देशन, निरज कँडेलको छायांकन, दीर्घ खड्काको सम्पादन र हरि लम्सालको संगीत छ । फिल्मको लेखन अभिनेत लामिछाने स्वयमको हो । 
 
रोजिना सिटौला कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन कार्की र आशिष अधिकारी सह–निर्माता को रुपमा देखिएका छन् । टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनको संयुक्त निर्माण रहेको यो फिल्मलाई पपकर्न पिक्चर्सले वितरण गर्नेछ । आफ्नो सपना पूरा गर्न शहरमा एक युवकले गर्ने संघर्षलाई फिल्ममा देखाईने छ ।
Most Visited News (monthly)