भारतमा बनेका केही फिल्म पाकिस्तानमा चलाउन मुश्किल पर्छ । पाकिस्तानको नाम जोडिने वित्तिकै भारतीय फिल्मलाई विशेष नजरले हेरिन्छ । कविर खानको निर्देशनमा बनेको फिल्म ‘फ्यान्टम’ पनि अहिले पाकिस्तानमा प्रदर्शनमा रोक लगाइएको छ ।
पाकिस्तानमा यो फिल्मको प्रदर्शन रोक्नका लागि जमाद उद दावा प्रमुख हाफिज सईदले लाहौर कोर्टमा मुद्दा दर्ता गरेका थिए । उनको मुद्दामा सुनुवाई गर्दै अदालतले फिल्म प्रदर्शनमा ब्यान्ड लगाइदियो ।
फिल्म अगष्ट २८ बाट विश्वभर प्रदर्शनमा आउनेछ । उच्च न्यायलयले पाकिस्तानको सरकारलाई २० अगष्टसम्म जवाफ दिन भनेको थियो । यसपछि पाकिस्तानमा फिल्म ब्यान्ड गरिएको हो । फिल्म मुम्बईमा नोवेम्भर २६ भएको बिस्फोटमा आधारित छ । कविर खानले यसअघि निर्देशन गरेको ‘बजरंगी भाईजान’ भारतमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको थियो ।

