अधिकारी ब्रदर्श पिक्चर्स र द् स्काइ मुभिज प्रा.लिको संयुक्त ब्यानरमा निर्माण हुने फिल्म ‘के तिम्रो होइन र’ का मुख्य कलाकार तथा प्राविधिक सदस्य फाइनल भएका छन् । आकाश अधिकारीले निर्देशन गर्ने यो फिल्ममा आर्यन अधिकारी र मरिष्का पोखरेल मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।

‘के म तिम्रो होइन र’ बाट आर्यन र मरिष्का नव नायक तथा नायिकाको रुपमा उदाउँदैछन् । फिल्मका कार्यकारी निर्माता सुरेश अधिकारी हुन् । त्यस्तै अभिनेत्री गौरी मल्ल र वरिष्ठ कलाकार मिथिला शर्मा पनि ‘के म तिम्रो होइन र’ मा महत्वपूर्ण भूमिकामा प्रस्तुत हुँदैछन् । नायक प्रज्जवल गिरी पनि यो फिल्ममा पक्का भएका छन् । यम थापाको स्क्रिप्ट रहेको फिल्ममा बसन्त सापकोटा र तारा प्रकाश लिम्बुले संगीत दिएका छन् भने कोरियोग्राफी रेनशा वान्तवा राईको रहनेछ ।
नवराजकृष्ण थापा फिल्मका छायाँकार हुन् । द्धन्द्धको पाटो हिमाल केसीले हेर्नेछन् । राजधानी आसपासका क्षेत्रमा छायाँकन गरिने फिल्मको यसै साता कास्ट एण्ड क्रुउ बिच ‘स्टोरी टेलिङ’ समेत गरियो । छायाँकन यही भदौ २१ गते बाट सुरु गर्ने तयारीका साथ ‘के म तिम्रो होइन र’ को प्रि प्रोडक्सनको कार्य हुँदैछ ।

