कहिलेकाही फिल्म निर्माण गर्ने निर्माताहरु दोधारमा पर्छन् । कलाकार तथा निर्मात्री दीपाश्री निरौलालाई पनि अहिले चिन्ता र प्रचारको चटारो एकसाथ परेको छ । दीपा बारम्बार फिल्म वडा नम्बर ६ के गर्ने होला भन्ने बिषयमा विभिन्न व्यक्तिको सल्लाहा लिइरहेकी छिन् ।
फिल्म वडा नम्बर ६ असोज १ गतेबाट चल्दैछ । फिल्मको प्रचारका लागि उनलाई भ्याई नभ्याई छ । फिल्मका कलाकार भन्दा अगाडि सरेर दीपा मिडियामा पनि आफै पुगेकी छिन् । तर, प्रचारलाई पनि एकसाथ लगेकी दीपालाई देशभर आयोजना भैरहेको बन्दको मारमा फिल्म पर्छ कि भन्ने चिन्ता पनि छ ।
यो बन्द के होला, फिल्म रिलिज गर्ने कि नगर्ने होला जस्ता प्रश्न अहिले दीपाले आफू निकटहरुसँग सोधिरहेकी छिन् । यो प्रश्न सोध्दै दीपा मिडियामा प्रचारका लागि कुदि पनि रहेकी छिन् । फिल्मका अन्य हाँस्य कलाकार भन्दा दीपाको नै व्यस्तता बढेको छ ।
होस्टेल रिटन्र्स, भैरवको व्यापार र अवस्था हेरेर निर्णय गर्ने सोच यो फिल्मको यूनिटको छ । ५० लाख भन्दा माथि लगानी गरेर बनाएको फिल्म बन्दकै कारण डुब्यो भने के होला भन्ने चिन्ताले सताउनु स्वभाविक पनि हो ।फिल्मका निर्देशक उज्वल घिमिरे भने फिल्मको प्रचारमा कतै पनि देखिएका छैनन् ।

