Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिनमा रेखा, जान्नुहोस् उनका ५ स्क्यान्डल

फिल्मीखबर, काठमाडौं, 2015/08/22

 अभिनेत्री रेखा थापा आज आफ्नो ३२ औं जन्मदिन मनाउँदैछिन् । रेखाले जन्मदिन मनाउँदै गर्दा आफूलाई देशको चिन्ता पनि लागेको बताइन् । देशको बिग्रदो अवस्थाका कारण आफूलाई जन्मदिन मनाउन कुनै उमंग नभएको रेखाको भनाई छ ।


नेपाली फिल्म क्षेत्रमा हिरो फिल्म मार्फत भित्रिएकी रेखाले यसपछि सय भन्दा बढी फिल्ममा काम गरेकी छिन् । उनले काम गरेका धेरै जसो फिल्म हिट पनि छन् । रेखालाई नेपाली फिल्ममा महिला अभिनेता पनि भन्ने गरिन्छ । उनै रेखाले आफू आज बाट परिपक्क भएको समेत बताएकी छिन् । जीवनमा गरेका कैयौ गल्तीमा रेखाले माफी पनि मागेकी छिन् । जन्मदिन मनाउँदै गर्दा अभिनेत्री थापाका चर्चित ५ स्क्यानडल यहाँ प्रस्तुत गरिएको छ ।


१. छविसँग बिहे अनि डिभोर्स ः अभिनेत्री थापाको जीवनमा सवैभन्दा चर्चामा रहेको स्क्यान्डल हो निर्माता छविराज ओझासँगको बिहे र १० बर्ष पछिको डिभोर्स । यो दौरानमा रेखा सधै नै चर्चामा आइन् । उनले डिभोर्स पश्चात आफूले छविसँग बिहे नै नगरेको पनि बताइन् । उनले छवि राज ओझाका बारेमा दिएका विभिन्न खालका बयान सधै नै चर्चामा रह्यो ।

 

 


२. सुदर्शनसँग प्रेमको नाटक ः फिल्म हिम्मतवालीबाट आफैले भित्राएका कलाकार सुदर्शन गौतमसँग रेखाले प्रेमको हल्ला पनि फैलाइन् । विशेषगरि, फिल्म प्रदर्शनको समयमा रेखाले सुदर्शनसँग आफू प्रेममा रहेको कुरा फेसुबकबाट नै दिइन् । तर, पछि रेखाले यो कुरालाई हल्ला मात्र भनिन् । छवि ओझासँग काम गरुन्जेल विभिन्न खालका चर्चा चलाउने रेखाले छुटेपछि भने सुदर्शनको प्रेमको हल्ला चलाएकी थिइन् ।


३. आर्यनसँग दुश्मनी ः आफ्नै ब्यानरबाट फिल्म क्षेत्रमा भित्राएका अभिनेता आर्यन सिग्देलसँग रेखाको शितयुद्ध सुरु भएको लामो समय भैसक्यो । फिल्म कसले चोर्यो मेरो मनबाट रेखा र आर्यनको बोलचाल बन्द भयो । यसपछि भने रेखा र आर्यनको नाम जोडिएर बजारमा गसिप सधै नै बन्ने गरेको छ । आर्यनका बारेमा दिएका विभिन्न खालका बयानले पनि रेखा चर्चामा रहिन् ।


४. निखिलसँग दुश्मनी र मित्रता ः अभिनेता निखिल उप्रेतीसँग रेखाले दुश्मनी मोलिन् र उनीसँग फिल्ममा काम नै नगर्ने बताइन् । लामो समयसम्म रेखा र निखिलको बोलचाल भएन । निखिल मुम्बई पुगे, रेखा यतै रहिन् । तर, निखिल मुम्बइबाट फर्के लगतै रेखासँग सम्बन्ध सुध्रियो । निखिल रेखाकै घरमा पुगेको खबर आयो । निखिलसँग रेखाको सम्बन्धले सधै चर्चा पायो । अभिनेता विराज भट्टसँग त रेखाको अझै बोलचाल छैन ।


५. प्रचण्डसँगको नृत्य ः यी अभिनेत्रीको चर्चा सवैभन्दा धेरै भयो एमाओवादीका अध्यक्ष प्रचण्डसँग नृत्य गरेको घटनाबाट । रेखाले प्रचण्डसँग सिंहदरबार घेराउका क्रममा लालुपाते नुध्यो भूइतिर बोलको गीतमा नृत्य गरेपछि खुबै चर्चा कमाइन् । यो घटना रेखाको करिअरको सवैभन्दा ठूलो स्क्यान्डल थियो । यही पछि उनी राजनीतिक वृत्तमा पनि चर्चामा आइन् । यसपछि रेखा एमाओवादी पार्टीमा लागिन् र दोश्रो संविधान सभाको चुनावमा टिकट पनि पाइन् । तर, भोटर लिष्टमा नाम नभएपछि उनको उम्मेदवारी खोसियो ।


यी बाहेक अन्य थुप्रै स्क्यान्डल छन् जसले रेखालाई चर्चामा ल्याइदियो । अभिनेता राजेश हमालसँग रेखाले काम गर्दिनन् । कारण राजेशको छायांकनस्थमा ढिलो आउने बानीदेखि सहकर्मी कलाकारलाई सहयोग नगर्ने बानीले रेखा रुष्ट थिइन् । गाईजात्राको दिनमा व्यग्य लेखेको भन्दै रेखाले नयाँ पत्रिकाका पत्रकार चिरञ्जिबी पौडेललाई थप्पड नै मारिन् । निर्देशक श्याम भट्टराइलाई फिल्म हिम्मतवालीको निर्देशकबाट निकालेको घटनाले पनि रेखाको चर्चा भयो ।

Most Visited News (monthly)