Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौमा प्रदर्शनसँगै छायांकनको बाढी

फिल्मीखबर, काठमाडौं, 2015/08/21

कुनै महिनामा फिल्मको प्रदर्शन मात्र हुनु नयाँ कुरा होइन । यो फिल्मको छायांकन मात्र हुनु पनि नौलो कुरा भएन । तर, भदौ अर्थात यो महिना नेपाली फिल्मका लागि प्रदर्शनको साथै छायांकनको चर्चाले घेरिने छ ।


भुकम्पपछि भदौ महिनामा बल्ल ठूला नेपाली फिल्म प्रदर्शन सुरु भएको छ । यो महिना हलमा लाग्ने करिब ४ वटा फिल्म सर्वाधिक प्रतिक्षामा छ । जब हलमा फिल्म लाग्दैन, नेपाली फिल्मको चहलपहल पनि शुन्य जस्तै देखिन्छ । अब, बल्ल नेपाली फिल्मको चर्चा र चहलपहल बढ्ने देखिएको छ ।


तर, प्रदर्शनका लागि मात्र होइन, यो महिना ठूला ब्यानरका फिल्म छायांकन पनि हुँदैछन् । निर्देशक आकाश अधिकारीले फिल्म के म तिम्रो होइन र को छायांकन भदौ २१ गतेबाट सुरु गर्दैछन् । यसको पछाडि उनको पनि आफ्नै कारण छ । भदौ २१ बट फिल्म सुरु गर्दा पानी पर्ने समस्या कम हुनु र दशै भन्दा अगाडि फिल्म सकिन्छ भन्ने हो । दशै अगाडि फिल्म नसकिएको खण्डमा निर्मातालाई केही बढी रकम लाग्नेछ ।


आकाशले यही कारण देखाउँदै भदौमा फिल्म छायांकन सुरु गर्दै गर्दा निर्देशक विकास आचार्यले पनि नाई नभन्नु ल ४ को छायांकनका लागि यही मिति तोकेका छन् । निर्मात्री तथा अभिनेत्री रेखा थापाले पनि फिल्म रामप्यारीको छायांकन भदौबाट नै सुरु गर्ने तयारी गरेकी छिन् । फिल्म किस्मत २ को छायांकन पनि यही महिनाबाट सुरु हुँदैछ ।

 

रोचक कुरा त के छ भने, के म तिम्रो होइन र बाहेक अन्य ३ फिल्म चैत्र २६ गते एकसाथ प्रदर्शन हुँदैछन् ।यसैले पनि भदौ महिना नेपाली फिल्मका लागि  विशेष बनेको छ । निर्माताले दशै अगाडि फिल्म सक्नकै लागि ठूला ब्यानरले भदौ महिना रोजेका हुन् । तर, यी फिल्मको प्रदर्शन र व्यापार भने भोलिको दिनमै थाहा हुनेछ ।

Most Visited News (monthly)