मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलेजमा `लभ सब`

फिल्मीखबर, काठमाडौं, 2015/08/24

भाद्र २५ देखि प्रदर्शनमा आउने फिल्म लभ सब युनिट राजधानीको न्याथम कलेजमा आयोजित एक बृहत कार्यक्रममा प्रोमोशनका क्रममा भेटिए । हजारौं सँख्यामा उपस्थिति युवा दर्शकका बिचमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी सँगै निर्माता शुसिल पोखरेल र निर्देशक देव कुमार श्रेष्ठले फिल्मको बिषयमा बताए ।

 

फिल्म होस्टेलको जँगे नामक पात्रको भुमिकापछि निकै नै लोकप्रिय बनेका सलोनले युवा दर्शक माँझ होस्टेलकै गीत गाएर पनि सुनाए । उपस्थित युवा जमातको फर्माइसमा सलोनले उक्त गीत गाएका थिए । सलोनले उक्त गीत गाईसकेपछि भाद्र २५ मा लभ सब हेरिदिन सबैलाई आग्रह गरे । कार्यक्रमको समाप्तिपछि सलोनलाई युवा जमातले घेरेको थियो । उनीसँग सेल्फी र अटोग्राफ लिनेको घुईचो नै देखियो ।

 

यता लभ सबमा जुत्ता सिउने मधेसी पात्र भोला रबिदासको भुमिका निभाएका भिजे तथा कलाकार शिशिर भण्डारीले लभ सबको हाल लोकप्रिय बन्दै गैरहेको सवाद सुनाएर माहौल तताए । उनले सुनाएका फिल्म लभ सबको हरेक सँवादमा युवा जमातको चर्को हुटिङ् आएको थियो । यता फिल्मका अर्का प्रमुख कलाकार सयम पुरी कार्यक्रममा उपस्थित भएपनि बिशेष कारणले स्टेज जान भने सकेनन् ।

 

युवा जमात माँझ लभ सबको राम्रो प्रचार प्रसार गरिसकेपछि फिल्मीखबर सँग कुराकानी गर्दै फिल्ममा टोले दादाको भुमिका निभाएका सलोन बस्नेतले लभ सब योङस्टर मुभि भएपनि सबैले हेर्न सक्ने बताए । फिल्मकी एक मात्र नायिका करिश्मा श्रेष्ठ पनि लभ सबबाट प्राप्त प्रतिक्रियाबाट दँग देखिन्थिन् । फिल्ममा तिन हिरोको एकल हिरोईन भएकी करिश्माले तपाईले फिल्ममा तिन जना हिरोहरुलाई कसरी समाल्नु भयो भनेर प्रश्न गर्दा यसरी रमाईलो प्रतिक्रिया दिईन् ।

 

फिल्मका अर्का कलाकार शिशिर भण्डारीले लभ सबमा लोकेशनको भेराईटी रहेको बताउँदै फिल्मले मजाले हसाउने र रुवाउने ग्यारेन्टी दिए । लभ सब निर्माता शुसिलले पोखरेल युथ ओरियन्टेड फिल्म भएका कारण उक्त कार्यक्रममा आफुहरुले सहभागिता जनाएको बताए । साथै सँसारमा सधैं राम्रो फिल्म मात्र सफल भएकोे भन्दै निर्माता पोखरेलले लभ सब सफल हुनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिए ।

 

लभ सबका निर्देशक देव कुमार श्रेष्ठ बेवास्ता गरिएको नेपाली समाजको कथालाई लभ सबले टिपेको बताउँछन् । लभ सबलाई शुसिल पोखरेल र यस पुर्व लुट छड्के फष्ट लभ जस्ता फिल्म बनाएका नरेन्द्र महर्जनले सँयुक्त रुपमा निर्माण गरेका हुन् ।