मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलियाले कट्रिनाको फिगरमा आँखा लगाएपछि

एजेन्सी, मुम्बई, 2015/08/24

बलिउड अभिनेत्री आलिया भट्टले अर्की अभिनेत्री कट्रिना कैफको बारेमा बोलेको एक कुराले अहिले चर्चा पाइरहेको छ । एक पुस्तक सार्वजनिक कार्यक्रममा एकसाथ पुगेका कट्रिना र आलिया कानेखुशी गरेको कुराले अहिले बलिउड तात्तिएको हो ।


पुस्तक विमोचन भईरहँदा आलियाले कट्रिनाको कानमा फुसफुसाएकी थिइन । आलिया  कट्रिनाको कानमा फुसफुसाएको देखेपछि पत्रकारले आलियालाई के विषयमा कुरा भएको भनेर जान्न चाहेक थिए । आलियाले सुरुमा त केही हैन भनेर टार्ने प्रयास गरेकी थिइन् तर पत्रकारले नसुनी नछाड्ने भनेर पाख्खर गरेपछि आलियाले कट्रिनाको कानमा भनेको कुरा पत्रकारलाई बताएकी थिइन् ।


आलियाको अनुसार उनले कट्रिनाको फिगर दामी भएको बताएकी थिइन् । जवाफमा कट्रिनाले तिम्रो पनि कम छैन भनेर जवाफ फर्काएपछि आलिया लजाएकी थिइन् । आलियाका  अनुसार कट्रिना बलिउडकी सवैभन्दा सेक्सी नायिका हुन् । उनको फिगर सबैभन्दा हट रहेको आलियाको भनाई छ । आलियाले कट्रिना हरेक फिल्मको आइटम गीतमा फरक तबरले देखिएको पनि दाबी गरिन् ।