मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षा र आँचलसँग गर्नेछन् पलले रोमान्स । `नाईं नभन्नू ल ४`मा तय भयो जोडी

फिल्मीखबर, काठमाडौं, 2015/08/23

अडिसन मार्फत् कलाकारको खोजी गरेको ‘नाई नभन्नू ल ४’ निर्माण समूहले अन्ततः मुख्य भूमिकामा अभिनय गर्ने कलाकारहरु टुंगो लागेको जानकारी गराएको छ । निर्देशक बिकास आचार्यले दुई हिरोइन फाइनल गर्दै फिल्ममा कलाकारको खोजी पूरा भएको जानकारी गराएका हुन् ।

अडिसन मार्फत् मोडल पल शाहलाई यसअघि नै फाइनल गरिएको भएपनि आचार्यले पल सुहाउँदा युवती भेटेका थिएनन् । आचार्यले अन्ततः पलको जोडीको रुपमा मोडल वर्षा राउत र आँचल शर्मालाई टुंगो गरेको जानकारी गराए ।


यही २१ गतेदेखि फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा यसअघि नै अनुभव रेग्मी र प्रियंका कार्की फाइनल छन् । पल शाह र वर्षाले थुप्रै म्युजिक भिडियोमासँगै काम गरेका छन् भने आँचल अघिल्लो हप्तामात्र  सम्पन्न मिस प्लस टु विजेता हुन् ।


प्रेमकथामा आधारित फिल्ममा बसन्त सापकोटाको संगीत र पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ । फिल्ममा सरोज खनाल र बल्छी ध्रुवे पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । ३५ दिने सेड्युलका साथ फ्लोरमा निस्कन लागेको फिल्मको ७५ प्रतिशत सुटिङ चितवनमा हुनेछ भने २५ प्रतिशत सुटिङ काठमाडौंमा गरिने आचार्यले बताए ।