मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सानो पर्दाकी स्टार

फिल्मीखबर, काठमाडौं, 2015/08/24

हाँस्य कलाकार दीपाश्री निरौला आज आफ्नो जन्मदिन मनाउँदैछिन् । जन्मदिनको दिनमा आफ्नो फिल्म प्रचारका लागि दीपा मोफसलमा छिन् । फिल्म ‘वडा नम्बर ६’ को टिमसँगै दीपाले जन्मदिनको खुशीयाली साटेकी हुन् ।


दीपाश्रीको करिअरको सुरुवात रेडियोबाट भएको हो । रेडियोमा रामविलास र धनियाँ नामक कार्यक्रम चलाएपछि दीपा र दिपकराज गिरीको जोडी हिट भयो । यसपछि यो जोडीले ‘तितो सत्य’ नामक हाँस्य सिरियल सुरु गरेको हो ।


दीपाश्रीले ठूलो पर्दाका केही फिल्ममा अभिनेत्रीको रुपमा काम नगरेकी पनि होइनन् । तर, दीपा अभिनेत्री भन्दा सानो पर्दामा नै जमिन् । ‘तितो सत्य’ बाट अत्याधिक चर्चामा आएकी दीपा अहिले निर्मात्री पनि बनेकी छिन् ।

 

सधै नै मिडियामा चर्चामा रहने दीपाको कलाकार दिपकराज गिरीसँगको निकटताले पनि चर्चा हुन्छ । अविवाहित दीपा र विवाहित दिपकराजको चर्चा मिडियाका लागि सधै खबर बनेको छ ।  दीपा विवाहको खबरले पनि चर्चामा छिन् । ४० बर्ष नाघिसक्दा पनि विवाह नगरेकी दीपाले अझै पनि आफ्नो वैवाहिक जीवन कहिले सुरु हुन्छ भनेर भन्न सकेकी छैनन् ।