Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मह जोडीलाई कलारत्न

फिल्मीखबर, काठमाडौं, 2015/09/07

नेपाली फिल्म क्षेत्रमा योगदान पु¥याउने एक फिल्मकर्मीलाई हरेक बर्ष उपाधी प्रदान गर्दै नेपाल चलचित्र प्राविधिक संघले यो बर्ष पनि हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्ने भएको छ ।


कतारमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’को अवसर पारेर हजारौ दर्शकको विचमा मह जोडीलाई ‘कला रत्न’ उपाधी प्रदान गर्न लागिएको हो ।यो बर्षको अवार्ड समारोहमा मह जोडीसँगै करिब ८० जना फिल्मीकर्मी कतार जादैछन् । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले अवार्डको आयोजना गर्न लागेको हो ।


कला रत्न उपाधीबाट सम्मानित हुने भएपछि मह जोडीले पनि खुशी व्यक्त गरेका छन् । पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरुकै कारणले आफूहरु आज एउटा उचाइमा पुगेको भन्दै मह जोडीले तिनै प्राविधिकहरुबाट सम्मानित हुन पाउँदा गर्व लागेको उनीहरुको भनाई छ ।नेफ्टाले राजेश हमाललाई ‘महानायक’, शाहलाई ‘अभिनय शिरोमणी’ र करिश्मा मानन्धरलाई ‘सदाबाहर नायिका’को  उपाधी प्रदान गरिसकेको छ ।

Most Visited News (monthly)