Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वेलकम ब्याक`को नपत्याउदो कमाई

एजेन्सी, मुम्बई, 2015/09/08

फिल्म ‘वेलकम’को सिक्वेल ‘वेलकम ब्याक’ले भारतको बक्स अफिसमा नपत्याउदो कमाई गरिरहेको छ । सन् २०१५ बलिउडका लागि फापिरहेको समयमा यो फिल्मले पनि ४ दिनमा राम्रो कमाई गरेको हो ।


अनिल कपुर, नाना पाटेघर, जोन अब्राहिम लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले ४ दिनमा ५८ करोडको व्यापार गरेको छ । यो कमाइलाई सुखद मान्न सकिन्छ । ‘वेलकम’का अक्षय कुमार र कट्रिना कैफ 'वेलकम ब्याक'मा नभएकाले पनि फिल्मको व्यापार कमजोर हुन्छ भन्ने अड्कल थियो । तर, कमेडी जनराको यो फिल्मले सय करोडको कमाई पार गर्ने संकेत दिएको छ ।


पहिलो हप्ता फिल्मको कमाई ७५ करोडमा पुग्ने अड्कल विश्लेषकहरुको छ । तर, अर्को साता सलमान खान निर्मित फिल्म 'हिरो' र त्यसको एक सातामा फिल्म 'कट्टी बट्टी' प्रदर्शनमा आउन लागेकाले पनि 'वेलकम ब्याक'लाई घाटा पर्ने छ ।

Most Visited News (monthly)