Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`किस्मत २`को मुहुर्त | छबि र बिकासको टक्कर

फिल्मीखबर, काठमाडौं, 2015/09/08
छबिराज प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्म 'किस्मत २'को शुभसाइत गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा फिल्मको क्ल्याप र स्कृप्ट पूजाआजा गरि शुभसाइत गरिएको हो । 
 
 
बिहीवारबाट छायांकनको लागि जोमसोम जाने बताईएको यस फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्नेछन् । यसअघि यो फिल्मको निर्देशन श्याम भट्टराईले गर्ने तयारी थियो । श्याम अमेरिका गएकाले निर्देशनको जिम्मा ऋषिलाई दिईएको हो  
 
सामिप्यराज तिमल्सिनाको लेखन रहेको यो फिल्ममा शिल्पा पोखरेल, किशोर खतिवडा र नयाँँ प्रस्तुतीको रूपमा पृथ्वीराज प्रसाईं मुख्य भूमिकामा देखिंदै छन् । छबिराज ओझाको मुख्य लगानी रहने यो फिल्ममा सन्तोष पन्त, सपना श्रेष्ठ, रष्मि भट्ट लगायतका कलाकारको पनि अभिनय रहने छ । 
 
दिजेन्द्र शाक्यको पनि लगानी रहने यस फिल्मलाई मदन कास्यप घिमिरेले छायांकन गर्नेछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, कबिराज गहतराज. रामजी लामिछाने र कमल राईको करियोग्राफी रहने छ । यसैगरी द्धन्द निर्देशन चन्द्र पन्तको हुनेछ । 
 
फिल्मका गीत किरण खरेल र अर्जुन पोखरेलले लेखेका छन् । यो फिल्मलाई चैत्र २६ गते प्रर्दशन गर्ने बताईएको छ । अघिल्लो बर्ष झैं यो बर्ष पनि छबिराज ओझा र बिकास आचार्यको टक्कर पर्ने देखिएको छ । 
 
गएको बर्षको चैत्र २७ गते छबिराजको 'हवल्दार सुन्तली' र बिकास आचार्यको 'नाईं नभन्नु ल ३' भिडेका थिए । यो बर्षको चैत्र २६ गते बिकासले 'नाईं नभन्नु ल ४' रिलिज गर्ने घोषणा गरिसकेका छन् ।  'नाईं नभन्नु ल ४'को हाल सुटिङ चलिरहेको छ । 
Most Visited News (monthly)