फिल्म बागमतीको ट्रेलर बाहिर आएको छ । पौष २४ गते प्रदर्शन मिति तोक्दै महंगो बजेटमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । पोष्टर, टिजर, संवाद टिजरमा जस्तै ट्रेलरमा पनि दक्षिण भारतीय टिमले अभिनेता राजेश हमाललाई नै महत्व दिएको छ । अभिनेता हमालको संवाद र द्धन्द्धलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।
सन्नी केरलाको निर्देशनमा तयार भएको फिल्मको बजेट २ करोड पुगेको बताइएको छ । फिल्ममा दिनेश दर्शनधारी र विजय सत्यालको लगानी छ । फिल्ममा राजेश हमालको साथमा शिव श्रेष्ठ र केकी अधिकारी मुख्य भूमिकामा छन् ।फिल्म बागमतीले २ पिताको कथालाई उठान गरेको छ । ट्रेलरमा राजेश हमाल र शिव श्रेष्ठको समेत द्धन्द्ध देखाइएको छ । अभिनेत्री केकी अधिकारीलाई भने ट्रेलरमा ठूलो महत्व दिइएको छैन ।

