अभिनेत्री केकी अधिकारी र निता ढुंगानाको तस्बिर अहिले धेरै मिडियामा देखिन्छ । यी दुई अभिनेत्रीको निकटतालाई देखेर धेरैको ध्यान पनि तानिएको छ । चलचित्र विकास बोर्डले गतबर्ष आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्म मसानबाट नीताले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदा केकी खुबै चिडिएकी थिइन् ।
केकीलाई अभिनेत्रीद्धय ऋचा शर्मा र प्रियंका कार्कीले साथ दिएका थिए । केकीले चर्को आलोचना गरेका कारण पनि उनको सम्बन्ध नीतासँग ३६ को आँकडामा देखिएको थियो । तर, फिल्म क्षेत्रमा खासै साथी नभएकी नीता र केही मिल्ने साथीसँग मात्र देखिने केकीको अहिले भने सम्बन्धमा सुधार आएको देखिन्छ । केकी र नीताले केही समय अगाडि पनि एकसाथ फोटोसुट गरेका थिए ।
नीता ढुंगानाले कुनै समय आफ्नो नजिकको साथीको रुपमा अभिनेत्री अनु शाहलाई मात्र लिने गर्थिन् । अनु र नीताका तस्बिर उनीहरुको फेसबुकमा खुबै देखिन्थ्यो । तर, अहिले अनु र नीता तस्बिर फेसुबकमा नदेखिएको लामो समय भैसकेको छ । अनु र नीताको सम्बन्ध पहिलेको जस्तो नभएको वुझ्न सकिन्छ । अनु पनि केटीहरुलाई प्रेमीले बोलाएपछि आफ्नै साथीलाई समेत छाडेर हिड्छन् भन्दै आफ्नो साथी कोही नभएको बताउन थालेकी छिन् ।अनुसँग सम्बन्ध टाढा भएपछि नीता अहिले केकी निकट छिन् । केकी भने रिमा, प्रियंका, वेनिशासँग खुबै नजिक छिन् ।

