अभिनेता नरेन खड्काले अभिनय गरेको फिल्म ‘हमेशा’ र ‘परदेशी’ले राम्रो व्यापार गरे । नरेन ‘हमेशा’ ’बाट नै फिल्म क्षेत्रमा भित्रिएका हुन् । उनले अभिनय गरेको दुबै फिल्म हिट हुदा पनि नरेन भने असफल छन् । उनलाई फिल्म क्षेत्रदेखि दर्शकले खासै नोटिस गरेका छैनन् । फिल्म ‘हमेशा’ हिट हुदा अभिनेत्री रेखा थापाको मात्र नाम आयो, नरेन हराए ।
उनले अभिनय गरेको ‘परदेशी’ले २ करोड ग्रसको कारोबार गरिसकेको छ, तर उनको चर्चा छैन । फिल्म हिट हुनुको पछाडि प्रशान्त तामाङ, निर्देशक र गीतलाई नै कारण मानिएको छ । यसपटक पनि नरेन असफल भए । फिल्म ‘ठमेल डट कम’मा काम त गरे तर उनको भन्दा ज्यादा चर्चा अनुपविक्रम शाहीको भयो ।फिल्म हिट भएर पनि बजारमा खासै नचिनिएका अर्का अभिनेता हुन्, किशोर खतिवडा । किशोरले जस्तो अरु केही अभिनेताले अवसर पाउने हो भने उनीहरु क्हा पुगिसक्थे होलान् । तर, किशोरले अवसर त पाएका छन्, तर चर्चा कम । उनी प्राय निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाको फिल्म देखिन्छन् ।
छवि ओझाका लागि त उनी पहिलो रोजाइका अभिनेता हुन् । अहिले पनि उनी छविको फिल्म ‘किस्मत २’ मा काम गरिरहेका छन् । उनले अभिनय गरेका प्राय फिल्मका गीत हिट पनि छन् । ‘तिम्रा डोला डोला’ बोलको गीतले ‘हवल्दार सुन्तली’ चल्यो तर किशोरलाई खासै केही भएन । ‘काली’ फिल्मको शिर्ष गीत चल्यो, तर, किशोरलाई खासै फाइदा भएन ।
फिल्म क्षेत्रमा आएपछि चर्चा कमाउने बाटो पनि जान्नुपर्छ । तर, नरेन र किशोरमा यो भएन की ?

