Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलिया जाँदै ‘लबसब’

फिल्मीखबर, काठमाडौं, 2015/10/31

नेपालमा हिटको व्यापार गरेको फिल्म ‘लबसब’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । फिल्म  आउँदो डिसम्बेर ७ का दिन सिड्नीमा प्रदर्शन हुन लागेको निर्माता सुशील पोखरेलले जानकारी गराए । सिड्नीबाट सुरु भएको विदेश यात्रा मेलबर्न, एडिलेड, क्यानबेरा हुँदै न्युजिल्याण्ड, कतार, डेनमार्क, फिनल्याण्ड, , जापान लगायत देशमा पनि प्रदर्शन हुने निर्माता पोखरेलले बताए ।

 

अष्ट्रेलिया लगायतका देशमा प्रदर्शनको चाँजोपाँजो गोविन्द भण्डारी र बिनोद पौडेलले मिलाएका हुन् । युवा पुस्ताको प्रेमकथामा बनेको फिल्ममा संयम पुरी, सलोन बस्नेत,करिष्मा श्रेष्ठ शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको छ । म्युट प्रेमीको भूमिकामा काम गरेका संयमको कामलाई सबैले मन पराएका थिए । फिल्म सफल भएसँगै निर्माता पोखरेलले यसको सिक्वेल बनाउने घोषणा गरेका थिए ।

Most Visited News (monthly)