बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्ट गहिरो प्रेममा छन् । तर, यो जोडी मिडियाको सामु आफ्नो प्रेम लुकाउन लागिपरेको छ ।मुम्बइमा आयोजित एक फिल्म फेस्टिबलमा पुगेको यो जोडीले एक अर्कालाई देखेको नदेखै ग¥यो । कार्यक्रम अवधीभर सिद्धार्थ र आलिया एकसाथ देखिए । एकसाथ हिडे पनि, तर बोलेनन् । रोचक कुरा त के छ भने आलिया र सिद्धार्थले एक अर्कासँग चिनजान नै नभएको जस्तो व्यवहार देखाएका थिए ।
आलिया र सिद्धार्थको व्यवहार हेर्दा उनीहरुले योजना बनाएरै आएको जस्तो देखिन्थ्यो । फिल्म ‘स्टूडेन्ट अफ द इयर’बाट बलिउडमा प्रवेश गरेको यो जोडी अहिले चर्चामा छ । लामो समयदेखि यी दुइको प्रेमको कुरा बजारमा आएपनि दुईले स्विकार भने गरेका छैनन् ।तर, आलियालाई मध्यरातमा सिद्धार्थको घरमा धेरै पटक देखिएको छ भने सिद्धार्थ पनि आलियाको साथमा धेरै पटक देखिएका छन् ।आलियाको यसअघि अर्जुन कपुर र बरुण धवनसँग अफेयरको हल्ला बाहिर आएको थियो ।

